प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • युवालाई उत्पादन र रोजगारसँग जोड्नुपर्ने आवश्यक: मुख्यमन्त्रि  पौडेल

     

    धादिङ, १७ असोज।
    युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्ने आवश्यक रहेको ३ नं. प्रदेशका मुख्य मन्त्रि डोरमणी पौडेलले बताउनुभएको छ । वर्तमान समयमा प्राविधिक विषय महत्वपूर्ण रहेको भन्दै यसले नेपालको विकासमा ठूलो सहयोग पुग्ने पौडेलले बताउनुभयो ।“समृद्ध नेपाल,सुखी नेपालीको नारा हामी सम्पूर्ण नेपालीको नारा रहेकाले यो नारालाई सफल बनाउनको लागी सबैको सहयोगको खाँचो रहेको पौडेलले बताउनुभयो । धुनिबेसी नगरपालिका वडा नं. ५ मा रहेको जर्मन टेक्निकल स्कुलको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनु भएको हो । सेस्कान्त फान्उडेसनको आयोजनामा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै पौडेलले नेपाल र जर्मनको सम्बन्ध धेरै वर्ष पहिलेदेखिनै घनिष्ट सम्बन्ध रहेको मुख्य मन्त्रि पौडेलको भनाई थियो ।

    ३ नं. प्रदेश सरकारले आफ्नो कार्यकाल भित्र जनताले अपेक्षा गरेभन्दा बढि काम गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रा.वि तहबाटै टेक्निकल विषयमा अध्ययन÷अध्यापन हुदैँ आएको जर्मन टेक्निकल स्कुलमा हाल टेक्निकल सम्बन्धी विभिन्न तालिमहरु दिदै आएको छ । जर्मन सरकारको करिब १२ करोड आर्थिक सहयोगमा सम्पन्न भएको विद्यालय भवनको आज एक कार्यक्रमको बीच औपचारिक रुपमा उद्घाटन गरिएको छ । विद्यालय भवन निर्माणको लागी विभिन्न जर्मनी निकायहरुको आर्थिक सहयोग रहेको थियो ।
    सेस्कान्त फान्उडेसनका अध्यक्ष विश्लेश्वर प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ३ नं. प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतित्थ्य रहेको थियो । जर्मनी आर्थिक विकास मन्त्रिको विषेश आतित्थ्य रहेको कार्यक्रममासँघिय साँसद भुमि त्रिपाठी, जिल्ला समन्वय समितीका प्रमुख जगन्नाथ नेपाल, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य ,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यलयमा प्रतिनिधिहरु र संचारकर्मीहरुको सहभागीता रहेको सेस्कान्त फान्उडेसनका कोडिनेटर पवन ढकालले जानकारी दिनुभयो ।