प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • सिद्धलेकमा एक हप्ते छात्रा भलिवल तालिम सम्पन्न,राष्ट्रिय स्तरका तीन खेलाडी सम्मानित


    धादिङ, २९ साउन
    चक्रदेवी सामुदायिक समाजको आयोजनामा एक हप्ते छात्रा भलिवल तालिम सम्पन्न भएको छ । ग्रामिण क्षेत्रमा रहेका बालबालिकाहरुलाई मध्यनजर गर्दै सातदिने तालिम राष्ट्रिय खेल भलिवलको आधारभूत शीप बिकास तालिम दिईएको हो । साउन २३ गते देखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो । नेदरल्याण्ड भलिवल संघका मेनेजर पिटर भान तरेल,राट्रिय महिला भलिवल खेलाडी एवं FIVB LEVEL II talim का कोच कोपिला उप्रेतीको प्रशिक्षण तथा सन्दिप थापा मगर र सोम श्रेष्ठको सहजीकरणमा एक हप्ते छात्रा भलिवल तालिम एवं कोच प्रशिक्षण तालिम सम्पन्न भएको संचार संयोजक साजन सिलवालले बताउनुभयो । सिद्धलेक गाउँपालिका २ स्थित रहेको चक्रदेवी सामुदायिक समाज, नेपाल र नलाङ मोडेल एकेडेमीले जिल्ला भित्र बिभिन्न खेलकुद क्रियाकलाप तथा गतिबिधिहरु संचालन गर्दै आईरहेको छ ।तालिम समापन कार्यक्रमलाइृ सम्बोधन गर्दै चक्रदेवी सामुदायिक समाज नेपालका संयोजक एवं नलाङ मोडेल एकेडेमीका अध्यक्ष राम बहादुर सिलवालले खेलकुद र ग्रामिण शिक्षा मार्फत महिलाहरुलाई सक्रिय बनाउदै जाने उद्धेश्य रहेको बताउनु भयो । उच्च शिक्षा हासिलको लागी खेलकुद अतिनै महत्व रहेको उहाँको भनाई थियो । सिलवालले भन्नुभयो ‘खेलकुद राष्ट्रको गहना हो । असल नागरिक निर्माणमा खेलकुदको अति नै महत्व रहेको छ ’ ।

    यसैबिच मंगलबार चक्रदेवी सामुदायिक समाजले राष्ट्रिय स्तरका तीनजना खेलाडीलाई सम्मान समेत गरेको छ । २७ गते मंगलबार नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी खेलाडी कोपिला उप्रेती, एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र राष्ट्रिय भलिबल खेलाडी शरण सामरीलाई सम्मान गरएिको सिलवालले बताउनुभयो । सम्मानित खेलाडिलाई जनही १५ हजार रुपैयाँ तथा सम्मानपत्र दिएको थियो । त्यसैगरी आगामी भाद्र २४ गते सिद्धलेक गाउँपालिका २ स्थित छात्रा भलिवल प्रतियोगिता समेत आयोजना गरिने संचार संयोजक साजन सिलवालले जानकारी दिनुभयो ।