प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • राधाकृष्ण मन्दिर निर्माणको लागि पूर्व न्यायाधिस श्रेष्ठद्धारा ११ लाखको अक्षय कोष स्थापना

    धादिङ, ०५ साउन
    समाजसेवी एवम् पूर्व न्यायाधिस ज्ञाईन्द्र बहादुर श्रेष्ठले धादिङबेशीमा रहेको राधाकृष्ण मन्दिर निर्माणको लागि११ लाख १ हजार १ सय रुपैयाँ दान गरेर अक्षय कोष स्थापना गर्नुभएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङवेसी बिचबजार सुगमटोलमा रहेको श्री राधाकृष्ण मन्दिरको १५ औँ वार्षिक साधारण सभाको अवसरमा मन्दिरमा श्रेष्ठले दान गर्नुभएको हो । सभाको अवसरमा मन्दिरमा नियमित पुजा संचालनको लागि समितिका अध्यक्ष तथा संरक्षक सर्वाेच्च अदालतका पुर्व न्यायधिस ज्ञाईन्द्र बहादुर श्रेष्ठ र वहाँका छोरा मन्दिरका संरक्षक अधिवक्ता नारायण श्रेष्ठबाट नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ रकम प्रदान गरेर अक्षयकोषको स्थापना गर्नु भएको हो । २०५२ सालमा आफ्नो एकल प्रयासबाट मन्दिर स्थापना गरिएको भएता पनि मन्दिरको संचालन व्यवस्थापनमा स्थानिय समाजसेवी राजकुमार श्रेष्ठ, मोहन कुमार श्रेष्ठ, गोविन्दराज श्रेष्ठ, गोविन्दकुमार श्रेष्ठ, बद्रीकुमार श्रेष्ठ, प्रदिप अधिकारी, रुद्रबहादुर खत्री लगायत स्थानिय समाजिक व्यक्तित्वहरुले मन्दिरको व्यवस्थापकिय जिम्मेवारी निर्वाह गर्नु भएको पूर्व न्यायाधिस ज्ञाईन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।आफुले निर्माण गरेको मन्दिरमा सदाकालागि नियमित पुजा अर्चनामा आर्थिक कठिनाई नआओस भन्नका लागि आफु र एक मात्र छोरा अधिवक्ता नारायण श्रेष्ठले लेखेको कानुनी कितावको रोयल्टी वापतको रकमबाट यो कोषको व्यव्था गरिएको श्रेष्ठको भनाई थियो । मन्दिर जीर्ण भएकोले जिर्णाेद्वारको लागि लाग्ने रकम समेत आफुले व्यवस्था गर्ने बताउनुभयो । साधारण सभामा मन्दिर अगाडीको जग्गा संरक्षण विहिन भएकोले उक्त जग्गामा ट्रस निर्माण गर्ने समेत निर्णय भएको छ । ट्रस निर्माणको लागि आज नगद तथा जिन्सी गरि १ लाख ५० हजार भन्दा वढी रकम संकलन भएको छ ।  कृष्णजन्म अष्टमीको पूर्व सन्ध्यामा पूर्व न्यायाधिस ज्ञाईन्द्र बहादुर श्रेष्ठले उक्त कोषमा रकम दान गर्नुभएको हो । विगतका वर्षमा पनि उँहाले ५ लाख रुपैयाँ दान गर्नुभएको थियो । अक्षय कोषमा २५ लाख सम्म रकम जम्मा गर्ने उद्देश्यका साथ कोषको स्थापना गरिएको उहाँले बताउनुभयो ।
    यसैबीच आज धादिङ सोसिएल भोलेन्टिएर नेपाल, संयुक्त एम्बुलेन्स चालक समाज धादिङ र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको सक्रियतामा मन्दिर हाताभित्र सरसफाई पनि गरिएको धादिङ सोसिएल भोलेन्टिएरका सचिव गणेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । भोलि श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा पुजा अर्चना हुने गरेको छ भने भाद्र ७ गते धादिङ वेसी बजारमा रथ यात्रा गराईने भएकोले भक्तजनहरुलाई पुजा अर्चनामा सहभागी भईदिनु हुन आमन्त्रण समेत गरिएको छ ।