प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • लोहनी द्धारा लिखित पुस्तक “मैले बुझेको सृष्टि” विमोचित

    धादिङबेसी , २५ भाद्र ।

    लामो समय शिक्षण पेशामा आवद्ध रहनुभएका धादिङ जिल्ला ज्वालामुखी गाँउपालिका वडा नम्बर ७ निवासी लोकनाथ लोहनीद्वारा लिखित पुस्तक आज एक कार्यक्रमका  बीच विमोचन गरिएको छ ।

    जिल्ला समन्वयन समितिको हलमा भएको उक्त कार्यक्रममा साहित्यकार बद्री प्रसाद दाहालको सभापतित्व रहेको थियो ।  प्रमुख अतिथि जिल्ला समन्वयन समितिका प्रमुख जगन्नाथ नेपाल , विशिष्ट अतिथि धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे , निलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी , धादिङ जिल्लाका प्रहरी प्रमुख डम्बर बहादुर वि.क. , जिल्ला समन्वयन समितिका उप प्रमुख विन्दा बराम , लगायत अन्यको आतिथ्यता रहेको थियो ।

     

    पुस्तकको बारेमा डा. नवीन बन्धु पहाडी  , राम प्रसाद अधिकारी र केशव दुवाडीले समीक्षा गर्दै ७० वर्षको उमेरमा पनि पुस्तक लेख्न सक्ने सामर्थ्य साहस र हिम्मत निकाल्नु ठुलो कुरा भएकाले उहाँको यो कदम प्रति सम्मान व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा प्र.जि.अ.  भागीरथ पाण्डेले पुस्तकको बारेमा रचनात्मक सुझाब समेत दिनुभएको थियो भने प्रमुख अतिथि जि.स.स. का प्रमुख जगन्नाथ नेपालले शुभकामना व्यत्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा सभापति बद्री दाहालले साहित्य साधना गर्नका लागि उमेरले नछेक्ने र सुझावहरुलाई मनन गर्दै  अगाडि  बढ्न सुझाव गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो । धादिङ चैनपुरका लोहनीहरूको वंश परिचय समेत पुस्तकमा समावेश गरिएको छ ।