प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • प्रहरीविरुद्ध विप्लवको ‘पक्राउ पुर्जी’, जुनसुकै बेला ‘इन्काउन्टर’ गर्न आदेश

    साउन १८,   देशभर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा भने विप्लव नेतृत्वको नेकपाकाले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ। विप्लवका नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी जारी गरेपछि सरकार र विप्लव बीचको तनाव बढ्ने आशंका गरिएको छ। साउन १७ गते अर्थात् शुक्रबार जारी गरिएको पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन भनिएको छ। कैलाली जनअदालत प्रमुख विकासको नामबाट उक्त पक्राउ पुर्जी जारी गरिएको छ। पक्राउ पुर्जी कुँवरको घर आसपास सार्वजनिक स्थानहरूमा टाँसिएको छ।
    कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। पक्राउ पुजीमा जुनसुकै बेला पनि ’इन्काउन्टर’ गर्न आदेश जारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।