प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • नेत्रावतीमा पहिलो पटक बजार अनुगमन,म्याद सकिएका उपभोग्य सामाग्री नष्ट

    धादिङ, १७ असोज।
    नेत्रावती डबजोङ गाउँपालिकामा विभिन्न किराना पसलहरुमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यपदार्थहरु बरामद गरिएको छ । नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ गुरुङको संयोजकत्वमा गरेको अनुगमनका क्रममा विक्री वितरणको लागि राखिएको म्याद सकिएका खाद्यपदार्थहरु बरामद गरी नष्ट गरिएको हो । नेपालीहरुको महान पर्व दशैँ लागे सँगै बजारमा महंगी भएको गुनासोहरु आएपछि बजार अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक उर्मिला तामाङ गुरुङले बताउनुभयो । नेत्रावती डबजोङ गाउँपालिकाभित्र पसलहरुमा अनुगमन गरी म्याद गुज्रिएका सामानहरु नष्ट गरिएको यो पहिलोपल्ट भएको बताउनु भएको छ ।
    अनुगमनका क्रममा पहिलो चरणमा वडा नं. ३ भित्रका पसलहरु हेरिएको र आगामी दिनमा गाउँपालिकाका सबै वडाहरुमा गरिने उपाध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाभित्र रहेका मासु पसलहरु, किराना तथा अन्य सबै प्रकारका बिक्री केन्द्रहरुमा समेत सरसफाई तथा मुल्यमा एकरुपता ल्याउन सुझाव दिइएको बताइएको छ ।  बजार अनुगमन समितिका संयोजक उर्मिला तामाङ गुरुङको नेतृत्वमा भएको बजार अनुगमन कार्यक्रममा सेमजोङ प्रहरी चौकीका प्रमुख एवम् प्रतिनिधिहरु,बजार अनुगमन समितिका सदस्यहरु लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको गाउँपालिकाका सुचना अधिकारी कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो । अुनगमनको क्रममा मासु पसलहरु सुधार गर्न र सफा राख्नु सचेत गराउनुका साथै, महंगोमा सामग्रीहरु विक्री वितरण नगर्न सचेत गराइएको छ ।  पहिलो चरणमा सबैजसो व्यापारीहरुलाई सुझाव दिनुका साथै कानुनी प्रावधानबारे जानकारी गराइएको छ । आगामी अनुगमनमा जसले कमजोरी दोहो¥याएको भेटिन्छ उनीहरु कानुनी कारबाहीको दायरामा उभिनुपर्छ सुचना अधिकारी पौडेलले बताउनुभयो । अनुगमनका क्रममा कमजोरी दोेहो¥याउनेको पसल सिल गर्न समेत पछि नपर्ने गरी काम गरिरने एक अनसुगमन समितिका सदस्यले बताउनु भयो ।