प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • ¥याली,सम्मान र सरसफाई गरि धादिङमा नेपाल सम्बत मनाईदै,गल्छि बैरेनीमा भरक्तपुरबाट धिमे बाजा बजाउन टोली आउने(यस्तो छ नेपाल सम्बतको ईतिहास)

    धादिङ २० कार्तिक ।
    नेपाल सम्बत ११३९ को अवसरमा धादिङमा विभिन्न काय्र्रक्रम गरी मनाईने भएको छ । झिँगु नेवाः समाज धादिङको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुनको लागि सम्पुर्ण नगरबासीलाइ आग्रह गरिएको छ ।नीलकण्ठ एफएम सँग कुरा गर्दै मुल आयोजक समितिका संयोजक गोविन्द कुमार श्रेष्ठले नेपाल सम्बतलाई भव्य रुपमा सफल बनाउनको लागी आग्रह गर्नुभएको छ । विभिन्न उप–समितिहरु बनाएर कार्यक्रमलाई सफल बनाउन लागीएको श्रेष्ठले बताउनुभयो । नेपाल सम्बत ११३९ औँ को अवसरमा  जिल्ला अस्पतालमा भर्ना भएर बसेका बिरामीहरुलाई मंगलबार बिहान फलफुल वितरण गरीएको छ । यसैगरी भोली २१ गते धादिङबेसी बजार क्षेत्र सरसफाई गरिने झिँगु नेवा समाजका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले बताउनुभयो । बजार क्षेत्र सरसफाईमा उत्कृष्ट सरसफाई गर्ने टोल सुधार समितिलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । यसैगरी २२ गते ¥याली सहित ८४ बर्ष उमेर पुगेका बृद्धबृद्धालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
    आ–आफ्नो जातिय भेषभुषामा ¥यालीमा सहभागी हुनको लागी आयोजकले सबैलाई आग्रह गरेको छ । ¥यालीमा सहभागीहरुलाई सगुन खुवाउने कार्यक्रम समेत सार्वजनिक भएको छ । सो अवसरमा ८४ बर्ष उमेर कटेका बृद्धा बाआमालाई अटो रिक्सामा राखीएर बजार परिक्रमा गराईने कार्यक्रम रहेको छ । पुछार बजारबाट सुरु हुने ¥याली शितल बजारमामा गएर समापन गरीनेछ । साथै नगरबासीलाई २२ गते आ–आफ्नो घर अगाडी कलश राख्नको लागी आग्रह गरीएको छ ।यसैगरी धादिङको सुनौलाबजार,खाल्टे,गल्छि,टोड्के मैदी लगायतको ठाउँमा पनि विभिन्न कार्यक्रम नेपाल सम्वत मनाउन लागीएको छ ।
    नेपाल संवतको प्रचलन यसरी सुरु भयो
    नेपाल संवतको प्रवर्तक उत्तर लिच्छविकालमा भएको हो । यो सम्वतको प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा हुन । मुलुकमा मानदेव सम्वत चलिरहेको समयमा ११३२ वर्षअघि राजा राघवदेवको पालामा कछलाथ्व पारु (कार्तिक शुक्ल प्रतिपदा)देखि प्रारम्भ भएको हो । नेपाल सम्वतको स्थापना निम्न समयकालमा भएको पाईन्छ । कलिगत सम्वत ३९८०, बिक्रमसम्वत ९३६, इस्वी सम्वत ८८०, शक सम्वत ८०२, मानदेव सम्वत ३०३ आदि नेपालमा सम्वत फेर्न मुलुकका तमाम ऋणीहरुको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो । यसै मान्यता अनुरुप शंखधरले मुलुकका तमाम ऋणीहरुको ऋण तिरी नेपाल संवत चलाएका हुन । प्रारम्भमा नेपाल सम्वतको प्रचलन छिमेकी राष्ट्रमा पनि थियो । राजा प्रतापसिंह शाहको पालामा ल्हासासित भएको सन्धिपत्रमा ने.स.५३५ उल्लेख गरिएको छ । त्यस्तै भारतको आसाम कुच विहारका राजा प्राणनारायणले पनि नेपाल सम्वत अंकित मुद्रा निकालेका थिए ।
    नेपाल सम्वत, बैद्धिक संस्कार र सामाजिक संस्कार ।
    नेपालीहरुले आफ्ना कुनैपनि जन्म मृत्यु कर्म, धार्मिक कार्य, जात्रा पर्व मनाउने कार्य सवै नेपाल सम्वतको तिथि अनुसार गर्ने गरेका छन । कर्मकाण्ड, जन्म मरणका पुण्यतिथि सबै चन्द्रमासका तिथि अनुसार गर्दा जहिले पनि एकैदिन पर्ने यस तिथिको विशेषता हो । सौर्यमासको मिति अनुसार मनाँदा त्यसरी निश्चित दिन नै पर्दैन । जस्तो भर्खर बिदा भएको दशै जहिले पनि कौलाथ्व अष्टमी देखि महानवमी र दशमी भनेर नेपाल सम्वतको कौला महिनामा मनाँउदै आईरहेको छ ।

    फोटो सौजन्य ः समाजसेवी नारायण कुमार श्रेष्ठ