प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • जनताले दिएको मतको कदर गरेर काम गर्छुः मेयर ढुङगाना

    धादिङ ३१ असार ।
    जनताले दिएको मतको कदर गर्ने नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले बताउनु भएको छ ।जनताको सेवा गर्नको लागि आफु राजनीतिकमा आएको भन्दै उहाँले जनताको हर दुःखसुखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विकासमा राजनीति गर्न नहुने भन्दै उहाँले नगरको विकासको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नको लागि आग्रह गर्नुभएको छ ।
    नीलकण्ठ नगरपालिकाको आयोजनामा मंगलबार वडा नम्बर ६ सुनौलाबजारमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । नीलकण्ठ नगरपालिकाले सडक,पानी,स्वास्थ्य,शिक्षा र कृषिमा बजेट बिनियोजित गरेको भन्दै उहाँले अबको केहि बर्षमै नीलकण्ठ नगरपालिका तिर्खा मुक्त शहर हुने बताउनु भएको छ ।

    काठे बिजुलीको पोल हटाउने काम अन्तिम अवस्थामा पुगेको भन्दै उहाँले अब काठे पोल मुक्त नगरपालिका हुने उद्घोष गर्नुभयो ।नीलकण्ठ नगरपालिकाबाट प्रवाह भएको सेवा सुविधा प्रति नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरीएको हो। कार्यक्रममा नागरिकहरुले सडक,खानेपानी,कृषि,स्वास्य,शिक्षा को विषयमा गुनासो गर्नुभएको थियो । नागरिकहरुले बर्षायाममा गरिने विकास निर्माणको काम प्रभावकारी नहुने भन्दै यस्तो कार्य रोक्न समेत आग्रह गरेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको सबैभन्दा पहिला नीलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरु उत्तर दिनुभएको थियो ।

    यसैगरी नीलकण्ठ नगरपालिकाका उम प्रमुख मनराज भण्डारीले नीलकण्ठ नगरपालिकाको विकास गर्नको लागि आफुहरु लागि परेको भन्दै परिवर्तन हुनको लागि केहि समय लाग्ने बताउनु भएको थियो कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत तिर्थराज पौड्यालले सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो । ५० जना भन्दा बढी सहभागी रहेको कार्यक्रममा सहजिकरण रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले गर्नुभएको थियो ।