प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • मानव जीवनमा आउने ताप र निराकरणका उपाय ।

    धादिङ, ०३ असोज

    बद्रीप्रसाद दाहाल
    (आध्यात्मिक लेख)

    मानव जीवन संघर्षकै अर्को नाम भएको हुँदा दुःख, विषाद, सुख, हर्ष,घृणा, प्रेम आदि घुमिरहेका हुन्छन् । हरेक पल मान्छे ताप बाट तप्त छ । जसलाई हिजो आज सबै मान्छे मलाई टेन्सन भयो भन्छन् । सामान्यतया ताप भन्नाले पोल्ने तताउने वा संघर्षबाट पाइने शक्ति, तातोपन, गर्मी, ऊष्णता,राप, आँच, दुःख भन्ने हो । आध्यात्मिक भाषामा भन्नुपर्दा मानव जीवनमा तीन किसिमका तापहरु हुन्छन् । पहिलो ताप हो ‘आधिभौतिक ताप’ जसलाई विष्णु पुराणले यसरी परिभाषित गरेको छ —‘ मृगपक्षी मनुष्याद्यैः, पिचाशोर गराक्षसैः। सरीसृपादैश्च नृणां, जायते चाधिभौतिकः।।’ अर्थात् मृग(सिंह,बाघ, भालु,चितुवा आदि) पक्षी, मान्छे (चोर, डाँका,)पिशाच, सर्प,राक्षस,बिच्छी आदि सांसारिक प्राणी वा वस्तुबाट पाइने दुःखकष्ट हुन् । दोश्रो ताप हो‘आदिदैविक ‘शीत वा तोष्णवर्षाम्बू, विद्युतादि समुद्भवः। तापोद्विजवरश्रेष्ठैः,कथ्यते चाधिदैविकः।।चिसो, हावा, तातो, वर्षा, जल,विद्युत्, आदिबाट पाइने दुख यो वर्गमा पर्दछ । त्यस्तै देवता ग्रह आदिबाट हुने दुःख,बाढी, पहिरो, अतिवृष्टि,अनावृष्टि, भैँचालो, मेघपात, सुनामी,घामपानी,शीतलहर, लु, फ्लू आदिजस्ता दैविक विपत्तिबाट उब्जने दुख वा ताप आदिदैविक कोटिका हुन् ।
    तेश्रो ताप ‘आध्यात्मिक’ हो । यो दुइ प्रकारको हुन्छ । क, शारीरिक ताप । ख, मानसिक ताप । शरीरबाट उत्पन्न हुने तापमा मूलतः शिरको रोग, पिनास, रुघाखोकी, ज्वरो,शूल,गानुगोला, अलकाई, स्वाँस्वाँ, छारेरोग, आँखादाँत दुख्नु, अतिसार हुनु,कुष्टरोगले आक्रमण गर्नु जस्ता शारीरिक कष्ट हुन् । मानसिक तापमा काम, क्रोध,लोभ, मोह, मद, मात्सर्य, भय, द्वेष, ईष्र्या,विपद्, शोक,अपमान, असूया अर्थात् निन्दा —रिस अदिबाट उत्पन्न विकारहरु पर्दछन् । प्रियको वियोग र अप्रियको संयोगबाट उत्पन्न हुने ताप पनि यही वर्गमा पर्दछ । आधि भन्ने शब्दले मानसिक रोगलाई जनाउँछ भने व्याधि शब्दले शारीरिक रोग भनेर बुझाउँछ । त्यसै भएर श्रीमद्भागत् ग्रन्थको पहिलो स्तवन श्लोक यसरी बोल्छ — ‘सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः।।’ अर्थात् सत्य ब्रह्म वा परमात्मा शाश्वत अर्थात् सनातन, चिद् ज्ञान, अनि आनन्द हर्षपूर्ण वा आनन्दले भरिएको परब्रह्म परमात्मा जो विश्वको उत्पत्तिको कारण बनेका छन् । तिनै तीन तत्वको समष्टि रुप श्रीकृष्णलाई यिनै आदिदैविक, आधिभौतिक र आध्यात्मिक ताप नाश गर्न हामी सबै नत मस्तक भएर ढोग्दछौँ भनी उल्लेख गरिएको छ ।

    यी तापहरुको निरकरण गरेर जीवनलाई अर्थपूर्ण बनाउनु नै सफल मानव चोला हो । यसको लागि हाम्रा छ वटा शत्रुहरुलाई जित्नु पर्छ । कामवासना, क्रोध, लोभ, मोह, मद, मात्सर्य । भानुभक्तले पनि भनेका छन् ‘कस्लाई हो शत्रु भनेर जान्नू । आफ्ना दसै इन्द्रिय शत्रु ठान्नु ।’ वास्तवमा पञ्चमहाभूत अर्थात् जमिन, जल, आगो, हावा, आकाश अर्थात् खाली ठाउँले बनेको यो शरीरलाई मलदोष, विक्षेपदोष र आवरणदोषबाट मुक्त गर्नु पर्दछ । यसको लागि आत्म अनुशासन तथा आत्म शोधन हुन जरुरी छ । मन तथा शरीरलाई निर्मलीकरण गरेर सकारात्मक सोचमा जिन्दगी हिँडाउन सकिए सबै किसिमका तापबाट मुक्ति पाइन्छ । अतः शारीरिक व्यायाम, अष्टाङ्गयोग, ध्यान, प्राणयाम, पाठ स्तवन गर्नु शरीर र मनलाई स्वस्थ एवं सन्तुलित राख्नु हो । यसरी तालिका वद्ध भएर गतिशील बनेको जिन्दगी नै सफल मानव जीवन हो । तापबाट तापित बन्दा हामी चिन्तारुपी व्याधिले ग्रस्त हुन्छौँ ।