प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • व्यक्तिको चरित्र हत्या गर्ने दुराशयले समाचार प्रकाशित गरियोः खेम लोहनी

    धादिङ १७ असोज ।
    नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवंम प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीको बोरमा प्रकाशित भएको समाचार भ्रामक र कपोकल्पित भएको खेम प्रसाद लोहनीले बताउनु भएको छ । आफ्नो बारेमा सत्य तथ्य नबुझी समाचार प्रकाशित भएको भन्दै लोहनीले त्यस्तो समाचारको खण्डन गर्नुभएको छ । केहि दिन अघि एक अनलाईने बुढीगण्डकी डुबान क्षेत्रमा नक्कली पीडित बनेर पैसा लिन खोजेको भनेर खेम प्रसाद लोहनीको बारेमा समाचार प्रकाशित गरेको थियो । खेम प्रसाद लोहनीले आज एक विज्ञप्ति प्रकाशित गर्दै पत्रिकाले उल्लेख गरे बमोजिम नभै आफ्नो पैतृक सम्पत्तिबाट आएको पुर्ण हकभोग रहेको घर आवास रहेको साविक चैनपुर वडा नम्बर ३ घ कि.न. ११२ क्षेत्रफल १०–०–३–२ जग्गाको बीच पारेर बाटो बनेको,उक्त जग्गा पुर्ण रुपले डुबान क्षेत्र पर्ने हुँदा नियममानुसार आफुले दावी गरेको स्पष्ट पार्नुभएको छ ।
    उक्त पत्रिकाले उल्लेख गरेको चैनपुर ३÷घ कि.न.२३६ को जग्गा आफ्नो नभएको ,त्यसमा न घर गोठ छ न आफुले दावी गरीएको बताउनु भएको छ । हाल हकभोग गरी रहेको जग्गा जमीन कहीं कतै सार्वजनिक जगा छदै छैन्, एक ईन्च पनि नमिचिएको बताउनुभएको छ । मुआब्जा सिफारीसका लागि घर जग्गाको श्रेष्ता,प्रमाण पुर्जा,स्थलगत अध्ययन र गुगल म्यापको अध्ययन गरेर मात्र सिफारीस गरीने भन्दै उहाँले समाचारमा भनिए जस्तोे नभएको समेत विज्ञप्तिमा उल्लेख गरीको छ । आफ्नो निवेदनका कारण हाल वितरण हुने भनिएको मुआब्जामा ढिलाई भएको भन्ने समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । आफ्नो कारणले नभएर व्यावस्थापकीय कारणले मुआब्जाज वितरणमा ढिलाई भएको स्पष्ट पार्नुभएको छ । उहाँले नागरिकहरुलाई भ्रम र अनर्गल प्रचारको पछाडी नलाग्नेको लागि आग्रह गर्नुभएको छ । व्यक्तिको चरित्र हत्या गर्ने दुराशयले समाचार प्रकाशित भएको भन्दै उहाँले सत्य र तथ्यमा आधारीत रहेका समाचार प्रकाशित गर्न समेत आग्रह गर्नुभएको छ ।

    यस्तो छ विज्ञप्ति