प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • ज्वालामुखिको मैदीमा भुकम्प पछिको पुनःनिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    धादिङ, १६ असोज ।
    धादिङको ज्वालामुखि स्थित मैदीमा भुकम्प पछिको पुनःनिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार ज्वालामुखि गाउँपालिका वडा नं १ मैदीमा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल धादिङको आयोजनामा भुकम्प पछिको पुनःनिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भुकम्प पछि अनुदान व्यवस्थापन तथा पुनःनिर्माण सम्बन्धि देखिएको समस्याहरु, लाभग्राही सुचिमा नाम परेको वा नपरेको बिषयमा छलफल गरीएको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले लाभग्राही सुचिमा नाम नपरेको, नाम आएपनि किस्ता नपाएको गुनासो गर्नुभएको थियो । कार्यक्रममा अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारका सामाजिक विकास विज्ञ भगवती खानले अनुदान व्यवस्थापन तथा पुन निर्माण सम्बन्धि जानकारी गराउनु् भएको थियो । यसैगरी ज्वालामुखिको मैदीमा बुढीगण्डकी डुबान क्षेत्रभित्र रहेका लाभग्राहीहरुलाई पुनःनिर्माणमा समस्या परेको स्थानियहरुले गुनासो राखेका थिए । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मा १ सय ५९ घर डुबान परेका छन् । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालामुखी गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष राम प्रसाद सिलवालले भुुकम्पबाट बढि प्रभावित क्षेत्र भनिएता पनि अझै पुन निर्माणको कार्य अघि बढाउन नसकिएकोले पुननिर्माणमा समस्या आएको बताउनु भयो ।
    भुकम्प पछिको पुनःनिर्माण र पुर्नस्थापना सदाचार अपनाऔं भन्ने मुल नारा सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो। ज्वालामुखिको केहि वडामा भुकम्प पछिको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको भएता पनि वडा नम्बर २ मा अझै पुन निर्माणको कार्यमा विभिन्न अवरोधहरुले गर्दा सम्पन्न गर्न नसकेको वडाध्यक्ष सिलवालले बताउनु भयो । धादिङ जिल्लामा ८३ हजार २५ लाभग्राही रहेका छन् । ती मध्ये प्रथम किस्ता लिने ७७ हजार ६ सय ३० जना , दोस्रो किस्ता लिने तर्फ ६६ हजार ५ सय २५ र तेस्रो किस्ता लिने ५७ हजार २ सय ५ रहेको छ । त्यसमध्ये ज्वालामुखी गाउँपालिकामा पहिलो किस्ता लिने ५ हजार ६ सय ७६, दोस्रो किस्ता लिने ४ हजार ६ सय १६ र तेस्रो किस्ता लिने ३ हजार ८ सय २१ रहेका छ । कार्यक्रममा सहभागिहरुले राखेको गुनासोहरुको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारका सामाजिक विकास विज्ञ भगवती खानले जवाफ दिनु भएको थियो । ज्वालामुखी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारका सामाजिक विकास विज्ञ भगवती खानको विशेष आतिथ्य रहेको थियो ।