प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • धादिङबेशीमा बजार अनुगमन, अखाद्य पदार्थ बरामद,अधिकांश पसल गैरकानूनी

    धादिङ,०७ असोज।
    आउदैँ गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले धादिङबेशी बजारमा अनुगमन गरेको छ । आज जिल्ला अनुगमन समितिले जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेका बिभिन्न पसलहरुमा अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको नेतृत्वमा गएको टोलीले धादिङबेसी बजार क्षेत्रका होटल, किराना पसल, मिठाई पसल गरी १० वटा पसलहरुमा अनुगमन गरिएको थियो ।
    अनुगमनको क्रममा पसलको लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्म वस्तुहरु,सडेर पनि बिक्रिको लागि राखिएका सामानहरु ठूलो परिणाममा वरामद गरीएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले बताउनुभयो । बरामद गरिएको बस्तुहरुमा म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, विभिन्न प्रकारका पेय पदार्थ, कलर प्रयोग गरी बनाईएको जेरी मिठाईका परिकार लगायतका रहेको बैदवारले बताउनुभयो ।
    चाडपर्वको समयमा धेरै सर्वसाधारणहरु मारमा पर्ने र सर्वसाधारणको स्वास्थ्यलाई ध्यान दिँदै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो । बजार अनुगमनको क्रमलाई निरन्तर गरिने र होटल तथा खाद्य पदार्थको गुणस्तर सुधार गर्न अनुगमनले नियमन गर्ने शर्माले बताउनुभएको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको नेतृत्वमा गरीएको अनुगमनमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रतिनिधि, धादिङ उद्योग वाणिज्य संघका प्रतिनिधि, खाद्य नियन्त्रण शाखा प्रमुख नवराज श्रेष्ठ,सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । वरामद गरिएको अखाद्य वस्तुहरु आजनै प्रहरीले नष्ट गरेको छ ।