प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • गुण्डागर्दी नियन्त्रणमा धादिङ प्रहरीको बिशेष अभियान

    धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले २०७६ जेष्ठ १५ गते देखि गुण्डागर्दी नियन्त्रण बिशेष अभियान सुरु गरेको छ ।
    गुण्डागर्दी पहिचान‚ खोजतलास‚ पक्राउ र नियन्त्रण गर्न धादिङ प्रहरीले एक महिने बिशेष अभियान संचालन गरेको हो ।
    गुण्डागर्दी नियन्त्रण अभियानमा झगडा गर्ने‚ विभिन्न किसिमका विकास निर्माण योजनाहरुमा धाकधम्की दिदै रकम माग गर्ने‚ असुल्ने‚ ग्याङ फाईट गर्ने‚ फोन म्यासेज गरी धम्क्याउने‚ अवैध र अवान्छित क्रियाकलाप गर्ने‚ समाजमा सर्वसाधारणलाई डर त्रास सृजना गरी आतंकित बनाउने‚ शान्तिपूर्ण वातारण खल्बल्याउने‚ हातहतियार बोकी हिड्ने प्रदर्शन गर्ने‚ चोरीका सवारी साधन प्रयोग गर्ने लगायतका कानुन बिपरित कार्य गर्नेको बिशेष खोजी हुने धादिङ प्रहरीले जनाएको छ । अन्य यस किसिमका कानून विपरीतका गतिविधीहरुमा संलग्न व्यक्ति तथा समुहहरुको पहिचान‚ खोजतलास तथा कानून बमोजिम नियन्त्रणका लागी त्यस्ता व्यक्तिहरु जमघट हुन सक्ने‚ लुकिछिपी बस्न सक्ने‚ आश्रय लिई बस्न सक्ने सम्भावित स्थलहरुमा छापामारी नियन्त्रणमा लिई अनुसन्धान गरी कानूनी कारवाहीको दायरामा ल्याउने बताइएको छ । यस अभियानको संचालनको लागी प्र.ना.उ. प्रकाश बिष्टको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट आवश्यकता अनुसार जिल्ला भरीनै बिशेष प्रहरी टोली परिचालन गरिएको छ ।