प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • नेकपाको चियापान कार्यक्रममा कडेंलले भन्नुभयो‘धार्के–सितापाईला र लामिडाँडाको सडकलाई बैकल्पिक सडमा विस्तार गर्छौ’

    धादिङ १५ असोज ।
    कलंकी नागढुङगा सडक खण्डको विकल्पको रुपमा धार्के सिपाईला र लामिडाँडाको सडकलाई विकल्पको रुपमा लान सकिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कडेलले बताउनु भएको छ ।राष्ट्रिय राजमार्गको सडकमा जाम बढ्दै गईरहेको भन्दै उहाँले बैकल्पिक सडकको रुपमा ती सडकहरुलाई प्रयोग गर्न सकिने बताउनु भएको छ ।राष्ट्रिय राजमार्ग अस्तव्यस्त हुँदा नागरिकहरुले सास्ती खेप्नु परेको भन्दै उहाँले अब छिट्टै लामिडाँडा–गल्छि सडक खण्ड र सितापाईला– धार्के सडक खण्डलाई पनि बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने स्पष्ट पार्नुभएको छ ।

    नगरपालिका तथा गाउँपालिका संगठन कमिटिहरुको सपथ ग्रहण तथा नेपालीहरुको महान चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।धादिङ र गोरखामा निर्माण हुन लागेको बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरुको मुआब्जा वितरण कार्य यसै बर्ष सकिने समेत बताउनु भएको छ। कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको डा. पुष्प कडेलले मुआब्जा वितरणको प्रक्रिया सकिय लगत्तै निर्माणको कार्य सुरु हुने बताउनु भएको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यवहाक अध्यक्ष नेत्रराज पौडेलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  डा.पुष्प कडेंलको प्रमुख आतिथ्य रहेको थियो ।

    कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल,नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य एवंम प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनी,नेकपाका केन्द्रिय सदस्य एवंम प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल,प्रदेश सभा सदस्य डा.रामकुमार अधिकारी लगायको आतिथ्य रहेको थियो ।कार्यक्रममा बोल्ने अतिथीहरुले अहिलेकै सरकारले देशमा विकास गर्ने भन्दै धैर्य हुनको लागि आग्रह गर्नुभएको थियो । सपथ ग्रहण लगत्तै नेपाल कम्युनिष्ट पार्टीले चियापान कार्यक्रम सम्पन्न गरेको छ । चियापान कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, समाजवादी पार्टीका नेता नन्द प्रसदा काप्री, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ,प्रहरी प्रमुख एसपी राजकुमार बैदवार लगायत पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।